
चितवन । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएका छन् । सौराहाबाट शुरु भएको साइकलयात्रा कसरा पुगेर फर्किएको छ । ¥यालीमा १७ सहभागी थिए ।
सौराहामा क्षेत्रीय होटल सङ्घको तर्फबाट टिसर्ट प्रदान गर्दै संघका अध्यक्ष दीपक भट्टराईले साइकलयात्रीलाई बिदाइ गर्नुभएको हो । कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी सौराहा खुला गर्दैछौँ भन्ने सन्देश दिन थालेका छौँ, त्यसका लागि तयारी पनि गरिरहेका छौँ ।” उहाँले व्यवसायी खुशी हुने अवस्था नरहे पनि होटल खोल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै आवश्यक सावधानीका उपायहरु अपनाइने जानकारी दिनुभयो ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थय चेतनासमेत जगाउने उद्देश्यले गरिएको साइकलयात्रा पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले साइकलबाटै पर्यटकीय क्षेत्रहरुमा पुग्न सकिने स्थलको प्रचार गरी साइकलबाटै भ्रमण गर्ने सकिने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । सौराहादेखि कसरासम्मको साइकलयात्रापश्चात अब छिट्टै नै सौराहादेखि लोथरसम्मको साइकलयात्राको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पछिल्लो समय साइकल चलाउनेको सङ्ख्या बढ्दै गइरहेको भन्दै साइकलमार्फत नै आन्तरिक पर्यटन प्रवद्र्धनमा लागिपरेको बताउनुभयो । सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्