×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानलाई भोट माग्दै गोल्छाको उद्घोष – ‘पुर्खाको रगत पसिनाबाट बनेको महासंघलाई अझ बलियो बनाउँछु’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रधानलाई भोट माग्दै गोल्छाको उद्घोष – ‘पुर्खाको रगत पसिनाबाट बनेको महासंघलाई अझ बलियो बनाउँछु’ (भिडियो)

Artha Sarokar

३१ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको छ । महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताउनुभएको हो । गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट र्नुभयो । उहाँले भन्नुभयो ‘मेरो नीति स्पस्ट छ । यसको लागि मलाई टिम चाहिन्छ । साथीहरुलाई विनम्र अनुरोध गर्छु मैले राजनीति गर्नको लागि, फोटो झुण्ड्याउनको लागि यहाँ आएको होइन । म केही काम गर्नको लागि आएको छु । यो संगठन जसमा मेरो बाउबाजेको रगत पसिना छ, पूर्व अध्यक्षहरुको रगत पसिना छ, मेरो दाईहरुको रगत पसिना छ र सबै पदाधिकारीहरुको रगत पसिना छ । यो संगठनलाई म अझ बलियो बनाउनको लागि आएको हो । फोटो झुण्ड्याउनका लागि आएको होइन है साथिहरु ।’
अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकोले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताउनुभयो । उहाँले राम्रो काम गर्नका लागि बलियो टिम आवस्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताउनुभयो । उहाँले भन्न्भयो ‘यस्तो समयमा म अध्यक्ष बन्दैछु । हाम्रो अर्थतन्त्रमा सायद यो भन्दा ठूलो गम्भिर घडी पहिला कहिले पनि थिएन । हाम्रो अर्थतन्त्र यति कमजोर कहिले पनि थिएन । म अव देशको वाणिज्य महासंघ जुन नेपालको निजी क्षेत्रको छाता संगठन हो र नेपालको निजी क्षेत्रको एकमात्र आस्थाको केन्द्र हो र मैले के गर्ने भनेर मेरो बाटो खुलस्त छ । मैले उद्योग वाणिज्य महासंघमा सबैभन्दा पहिला यो अर्थतन्त्रमा कोभिड १९ ले पारेको असर छ त्यो असरलाई निर्मुल गरेर अर्थतन्त्रलाई फेरी चलायमान गर्नुपर्ने मेरो बाटो प्रष्ट रुपमा मैले देखेको छु ।’
महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफुले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने बताउनुभयो । उहाँले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो । महासंघ भित्र काम गर्न गाह्रो भएको र आफु अध्यक्षको रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने भएकाले बलियो टिमको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफुलाई अहिले सम्म सहयोग गर्ने र असहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझैपनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी