- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बढाएको सेयर धितो कर्जा कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरेको थियो । जसअनुसार बैंकहरुले सेयर धितो कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् ।
यसअघि सेयर धितो राख्दा बैंकहरुले ६५ प्रतिशतसम्म कर्जा दिने गरेका थिए । मौद्रिक नीतिले सेयर धितो कर्जामा ५ प्रतिशत थपेर ७० प्रतिशत पुर्याएपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम सेयर धितो कर्जा ब्याजदर सार्वजनिक गरेका हुन् । सबैभन्दा सस्तो ब्याजमा सेयर धितो कर्जा प्रदान गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।
हेर्नुहोस् कुन बैंकको कति ?
राष्ट्रिय वाणिज्य बैंकले सेयर कर्जाको ब्याजदर न्यूनतम ८.०९ देखि अधिकतम ९.३४ प्रतिशत तोकेको छ । नेपाल बैंकले न्यूनमत ९.०४ देखि १२.०१ प्रतिशत ब्याजमा सेयर कर्जा प्रदान गर्नेछ । बैंक अफ काठमाण्डूले न्यूनतम ९.४१ देखि अधिकतम १३.९१ प्रतिशतसम्मको सेयर कर्जा निर्धारण गरेको छ । एनसीसी बैंकले ‘एनसीसी आकर्षक सेयर कर्जा’ अन्तर्गत १० प्रतिशत ब्याजमै सेयर कर्जा प्रवाह गरिरहेको छ । सिटिजन्स बैंकले न्युनतम ९.०४ प्रतिशतदेखि १४.०४ प्रतिशतसम्म सेयर कर्जाको ब्याजदर तोकेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ७.८८ प्रतिशतदेखि १२.८८ प्रतिशत, लक्ष्मी बैंकले ९.२३ प्रतिशत १४.२३ प्रतिशत, कृषि विकास बैंकले ८.९० प्रतिशतदेखि १३.९० प्रतिशत, नेपाल बंगलादेश बैंकले ८.९५ प्रतिशतदेखि १३.९५ प्रतिशत, माछापुच्छ्रे बैंकले ९.२१ प्रतिशतदेखि ११.२१ प्रतिशत, एभरेष्ट बैंकले ८.२५ प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म सेयर कर्जाको ब्याजदर तोकेको छ ।
यस्तै एनएमबि बैंकले सेयर कर्जाको ब्याजदर १३.९५ प्रतिशतसम्म तोकेको छ । नबिल बैंकले ७.२५ प्रतिशतदेखि १२.२५ प्रतिशत, सेन्चुरी बैंकले १०.२७ प्रतिशतदेखि १४.५२ प्रतिशत, एनआइसी एसिया बैंकले १२.२२ प्रतिशतसम्म सेयर कर्जाको ब्याज तोकेको छ । साथै हिमालयन बैंकले ८.२७ प्रतिशतदेखि १३.२७ प्रतिशतसम्म, प्रभु बैंकले १३.३२ प्रतिशतसम्म, ग्लोबल आइएमई बैंकले १३.४२ प्रतिशतसम्म, सानिमा बैंकले १३.६२ प्रतिशतसम्म, सनराइज बैंकले १३.९५ प्रतिशतसम्म, सिद्धार्थ बैंकले ९. ३ प्रतिशतदेखि १४. ३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।
यस्तै नेपाल एसबिआइ बैंकले १४.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले १४.६२ प्रतिशत, सिभिल बैंकले १४.८४ प्रतिशत र कुमारी बैंकले १५.८ प्रतिशत कर्जाको ब्याजदर तोकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्