काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर ७० प्रतिशत पुर्याएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले यस्तो बताएका हुन् । यस्तै बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसअघि यो सिमा ६५ प्रतिशत रहेको थियो ।