×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरधनीहरुलाई थप सहज…, सेयर कर्जाको सीमा बढ्यो, ७० प्रतिशतसम्म ऋण लिन पाइने नीति कार्यान्वयनमा !

PRIME CA

सेयरधनीहरुलाई थप सहज…, सेयर कर्जाको सीमा बढ्यो, ७० प्रतिशतसम्म ऋण लिन पाइने नीति कार्यान्वयनमा !

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर कर्जाको सीमा बढेको छ । सेयर धितोमा राखेर अब ७० प्रतिशतसम्म ऋण लिन पाइने भएको हो । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्ने लक्ष्यका साथ सोमबार जारी गरेको एकीकृत निर्देशिका अनुसार शेयर प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाउने व्यवस्था गरेको हो । यस्तो व्यवस्था यसअघि ६५ प्रतिशत मात्रै थियो । चालू आवको मौद्रिक नीतिले उक्त सीमालाई पाँच प्रतिशतले बढाएर ७० प्रतिशत पु¥याएको हो । 
सो व्यवस्थाले सेयर बजार थप विस्तार हुने विश्वास लिइएको छ । एकीकृत निर्देशिका अनुसार कूल १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋणलाई १२० दिनको अन्तिम मूल्यका आधारमा दिने व्यवस्था गरिएको छ । यस्तै, सेयर कर्जा प्रतिग्राहक बढीमा रु ५० लाखसम्म मात्र दिन पाइने व्यवस्था गरिएको छ । 
राष्ट्र बैंकले ओभरड्राफ्टलाई यथावत राख्दै धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जाको सीमा पनि रु ५० लाख बराबर तोकिदिएको छ । यदि कुनै ऋणीले रु ५० लाखभन्दा बढी दिएको भए २०७९ असार मसान्तभित्र सीमामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: