×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ आर्थिक वर्षको पहिलो दिन कस्तो छ सेयर बजारको अवस्था ? (अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नयाँ आर्थिक वर्षको पहिलो दिन कस्तो छ सेयर बजारको अवस्था ? (अपडेट)

Artha Sarokar

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते सेयर बजारमा हरियाली छाएको छ । दिउँसो पौने २ बजेको अपडेट अनुसार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बजार बढेसंगै लगानीकर्ता पनि उत्साहित देखिएका छन् । यो अवधिसम्म नेप्से २२.०९ अंकले बढेर १३८४.४३ बिन्दुमा पुगेको छ । 
यो समाचार तयार गर्दासम्म ५९करोड ७१ लाख माथिको कारोबार भएको छ भने १७७ कम्पनीको सेयर खरिदबिक्री भएको छ । पछिल्लो समय बैंकमा तरलता बढेपछि सेयर बजारमा सकारात्मक प्रभाव परिरहेको बताइन्छ ।  लकडाउनपछि खुलेको बजारले केहि दिन भने सुधारको गति लिन सकेको थिएन । तर  पछिल्ला दिनमा नेप्से सुधारको बाटोतर्फ लागिरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी