×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकार परिवर्तन हुने भएपछि बुरुक्कै उफ्रियो नेप्से, ७५.७७ अंकले बढेर बन्द भयो बजार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुधबार सेयर बजारमा तेस्रो पटक पनि सर्किट लागेको छ । बजार ६%ले बढेपछि आज (बुधबार) का लागि कारोबार बन्द भएको छ । सेयर बजार अब बिहिबार बिहान ११ बजे खुल्नेछ । बुधबार सेयर बजारमा ३ पटक सर्किट लागेको हो ।
बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ । बजार खुलेको पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो । सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढेपछि बुधबारको लागि सेयर कारोबार बन्द भएको हो । 
कारोबार अवधिसम्ममा ४० करोड ७३ लाख भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ । सेयर बजार सकारात्मक बाटो तर्फ लाग्दा लगानीकर्ता भने निकै उत्साहित बनेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: