×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेरा विरुद्ध लाग्नेहरुप्रति पनि आभारी छु…तर म फोटो झुन्ड्याउन आएको होइन, काम गर्न आएको हुँ…’

PRIME CA

‘मेरा विरुद्ध लाग्नेहरुप्रति पनि आभारी छु…तर म फोटो झुन्ड्याउन आएको होइन, काम गर्न आएको हुँ…’

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफुविरुद्ध लाग्ने सबैप्रति आभारी रहेको र आफु काम गर्न महासंघमा आएको बताएका छन् । मंगलबार काठमाडौँमा किशोर प्रधान समूहको उम्मेद्वारी घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफु फोटो मात्रै झुन्ड्याउन नआएको भन्दै काम गर्नका लागि बलियो टिम आवश्यक रहेको स्पष्ट पारेका छन् ।
‘महासंघभित्र काम गर्न गाह्रो छ, मैले अध्यक्षका रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने छ, यसका लागि बलियो टिम चाहिन्छ । महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो, यो समस्या समाधान गर्ने मात्रै संस्था होइन । हामी समस्या समाधानमा मात्रै कन्द्रित भयौ भने त्यसले अर्थ राख्दैन अब आफ्नो बाटो खोज्ने हो, निजी क्षेत्र कुन दिशामा जाने हो भन्ने विषयमा काम गर्ने हो । मैले यसका लागि होमवर्क गरिसकेको छु ।’ उनले भने। 
आफूलाई भोट गरेर जिताउने ६३ प्रतिशतलाई धन्यवाद  दिंदै उनले आफ्नो यात्रा सजिलो नभएको बताए । ‘म यहाँसम्म आइपुग्न त्यति सजिलो यात्रा थिएन । ३ वर्षसम्म पीडा दिइयो, म उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यो पीडा सहज शक्ति दिने साथीहरुलाई मेरो विरुद्धमा पत्रकार सम्मेलन गरी विधान संशोधन गरेर शेखरलाई हटाउनुपर्छ भन्नेलाई पनि आजका दिनमा धन्यवाद दिन चाहन्छु । हरेक कार्यसमितिमा विधान संशोधनको तरबार मेरो टाउकोमाथि लड्काइयो । तर केही साथीहरुले विधान अनुसार जितेका छौं भन्दै हौसला दिने साथीहरु पनि हुनुहुन्थ्यो । आज म उहाँहरू सबैलाई धन्यवाद दिन्छु । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: