- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। शिखर इन्स्योरेन्सको ८७ हजार ४१२.८ कित्ता सर्वसाधारण समूहको सेयर साउन २१ गतेबाट लिलामीमा आउने भएको छ । लगानीकर्ताले यो सेयरमा आवेदन दिनका लागि न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्ने छ । यस लिलामी भर्ने अन्तिम मिति साउन २८ गतेसम्म रहेको छ ।
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट रहेको छ। लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
ग्रीन डेभलपमेन्ट बैंक हरिशंकर रोड बाग्लुङबाट पनि आवेदन दिन पाइनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ ।