×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शिवम् मोबाईल एप’ सार्वजनिक, अब मोवाईल एपबाट शिवम् सिमेन्ट्स खरिद गर्न सकिने

LAXMI SUNRISE BANK

‘शिवम् मोबाईल एप’ सार्वजनिक, अब मोवाईल एपबाट शिवम् सिमेन्ट्स खरिद गर्न सकिने

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले ‘शिवम् मोबाईल एप’ सार्वजनिक गरेको छ । कोरोनाको विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक मोवाईल एप सार्वजनिक गरेको हो । ग्राहकहरुले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोर शिवम् मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन् । साथै भुक्तानीको लागि खल्ती, ई-सेवा, कनेक्ट आइपिएस वा क्यास अन डेलिभरीको सुविधा उपलव्ध गराएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी