×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकको सीइओमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौँ ।  ज्योति विकास बैंकको सीइओमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको सीइओ पदबाट मनोज कुमार ज्ञवालीले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदमा भट्ट नियुक्त भएका हुन् । यसअघि उनी आइएमइ लाइफका प्रमुख कार्यकारी अधिकृत थिए । ज्योति बिकास बैंकमा यसअघि पनि सीइओ बन्ने दौडमा लागेर फेल खाएका श्रीचन्द्र भट्ट यसपटक भने ज्योति बिकास बैंकको सीइओ बनेका छन् । बैंकका कामु सीइओ पारस राज कंडेलको ‘क्वालिफिकेसन इस्यू’ देखाउँदै बैंकका अध्यक्षले पनि श्रीचन्द्र भट्टलाई नै सीइओ बनाउन जोड दिएपछि अन्तत: भट्ट ज्योतिको सीइओ भएका हुन्। यसअघि एक रेमिट्यान्स कम्पनीमा काम गरेका भट्टले यसअघि नै ज्योतिको सीइओ बन्न राम्रै दौडधुप गरेका थिए । तर उनी सीइओ भएर आएको खण्डमा मनोज ज्ञवालीले बैंक छोड्ने भएपछि चौतर्फी दबाबसँगै बैंकले मनोज ज्ञवालीलाई नै सीइओ बनाएको थियो ।

तर २ बर्ष काम गरेपछि ज्ञवालीले बैंकको जागिर छोडेपछि फेरिपनि बैंकका अध्यक्ष श्रीचन्द्रलाई नै बैंकको सीइओ बनाउन लागि परेका थिए । यसका लागि उनका लागि त्यहीं रहेका एक बरिष्ट कर्मचारी बाधक थिए । तर उनको अनुभव नै नपुग्नेगरी सीइओको माग गराएर श्रीचन्द्रलाई नै सीइओ बनाउने ‘सेटिङ’ गराइएको स्रोतको दाबी छ । पारश राज कंडेलको क्वालिफिकेसन इस्यु भएकाले उनी सीइओ बन्न योग्य थिएनन् । अन्तत: बैंकका अध्यक्ष आफ्नो ‘मिसन’मा सफल भएका छन् । र श्रीचन्द्र भट्ट अव ज्योति बिकास बैंकको सीइओ हुने भएका छन्।
बैंकको आन्तरिक कलहले सीमा नाघ्न थालेपछि ज्योति बिकास बैंकका तत्कालीन सीइओले राजिनामा दिएका थिए । उनले राजिनामा दिएकै मितिबाट एक संचालकले पनि बैंकको बोर्डको ‘नियत’माथि नै प्रश्न उठेको भन्दै बैंकको संचालकबाट राजीनामा दिएका थिए । यसले बैंकको बोर्डभित्रको आन्तरिक कलह छताछुल्ल भएको थियो । हाम्रो बिकास बैंक प्राप्ति गरेसँगै झन् विभिन्न खाले समस्याहरु झेल्दै आएको बैंकको बोर्डमा हरेक पटक जसो विभिन्न कुरामा विवाद हुनेगरेको थियो ।
यसो त ज्योति बिकास बैंक पछिल्लो समय धेरै प्रगति गरेको भएपनि भित्रभित्र धेरै फाइलहरु बिग्रिएको बैंक हो । यस्तै केहि फाइलका विषयलाई लिएर तत्कालीन सीइओ ज्ञवाली र बैंकका अध्यक्षबीच विवाद भएको थियो । बैंकका अध्यक्षलाई पनि ‘यस म्यान’ चाहिएका हुनाले पनि श्रीचन्द्रलाई जसरी पनि बैंकको सीइओ बनाउन अध्यक्ष आफैं लागेका थिए । श्रीचन्द्र भट्ट लामो समय बैंकिङमा ‘ग्याप’ भएका व्यक्ति हुन् । खासै कुनै बैंकले पनि नपत्याएपछि उनी एक रेमिट्यान्स कम्पनीमा काम गर्न थालेका थिए । ज्योतिमा सीइओ बन्ने रहरमाथि पनि तुसारापात भएपछि उनी आइएमइ लाइफको सीइओ भएका थिए ।
यद्यपी उनलाई ज्योति बिकास बैंकको सीइओ हुन सजिलो भने छैन । बैंकर मनोज ज्ञवालीले छाडेपछि भद्रगोल बनेको बैंक सुधार्ने ठुलो चुनौती त छंदैछ, केहि बिग्रिएका फाइलहरु ‘ह्यान्डल’ गर्न पनि उनलाई फलामको च्युरा चपाएझैं पक्कै हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: