×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत : कहिलै नखुल्ने गरी बन्द भयो रौतहटको श्रीराम सुगर मिल्स, सेयरको मूल्यमा भने बढोत्तरी !

PRIME CA
GLOBAL IME BANK

अन्तत : कहिलै नखुल्ने गरी बन्द भयो रौतहटको श्रीराम सुगर मिल्स, सेयरको मूल्यमा भने बढोत्तरी !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रौतहत । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सधैंका लागि बन्द भएको छ । आइतबार उद्योगको तर्फबाट सूचना जारी गरी उद्योग व्यवस्थापनको साउन ९ को निर्णय अनुसार साउन ११ बाट स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको हो  । कम्पनी निरन्तर घाटामा गएपछि स्थायीरुपमा बन्द गरिएको हो । 
यता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत यो कम्पनीले बन्द भएको जानकारीसमेत गराएको छ । जसको सेयर कारोबार आज (सोमबार) पनि भइरहेको छ । सोमबार कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले बढेर ३३८ रुपैयाँ पुगेको छ ।
२ दशक अघि स्थापना भएको यो कम्पनी केही वर्षसम्म मुनाफामा चलेको थियो । तर पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो । मिलले २०७१ सालदेखि किसानको झन्डै ३७ करोड तिर्न बाँकी छ ।  यस्तै आर्थिक वर्ष २०७५–७६ सम्म आइपुग्दा कम्पनीको कुल घाटा २ अर्ब १७ करोडभन्दा बढी छ । कम्पनीले विगत ४ चार महिनायता कर्मचारीको तलब र सञ्चय कोषसमेत उपलब्ध गराउन सकेको छैन । 
सो उद्योग बन्द भएपछि त्यहाँ कार्यरत ३२५ जना कर्मचारी पनि रोजगार विहिन बनेका छन् । उँखु किसानहरुको बाँकी रकम भुक्तानीका लागि मिल्सको चल अचल सम्पत्ति बिक्री गर्न नेपाल सरकारसँग आवश्यक अनुमतिको प्रक्रिया सुरु गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: