×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा ८१ वर्षिया वृद्धाले जितिन् कोरोना, खुशी हुँदै घर फकिईन् !

PRIME CA

सिरहामा ८१ वर्षिया वृद्धाले जितिन् कोरोना, खुशी हुँदै घर फकिईन् !

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेकी छन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन् । उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताइन् । घरका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उहाँमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो । 
करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: