×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाले छोएन भन्सार कार्यालय सिरहालाई, राहत सामग्रीको आयात बढ्दा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन !

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । भन्सार कार्यालय सिरहाले लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष ०७६-७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको हो । कोरोनाले राजस्व सङ्कलनमा शिथिलता आए उक्त भन्सार कार्यालयले भने दोब्बर राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले चालू आव २०७६-७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले बताए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ । चालू आव २०७६-७७ मा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: