Skip to content
LAXMI SUNRISE BANK

कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ, ५ लाख रुपैयाँ घुस लिएको आरोप !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको पाँच लाख घुससहित लहान नगरपालिका-२२ स्थित राजदेवीचोकबाट नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र उनका साथी जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।
नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले पाँच लाख मागेको र सो रकम लिन दुवै पुगेको थिए । सोही क्रममा रकम लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी मणिराम ज्ञवालीले बताए । पक्राउ परेका सन्त र जितेन्द्रलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK