×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४५ दिनमै झिलिमिली हुँदै ललितपुर महानगरका मुख्य सडक,फोटोमा हेर्नुहोस् यसरी भयो उद्घाटन…!

LAXMI SUNRISE BANK

४५ दिनमै झिलिमिली हुँदै ललितपुर महानगरका मुख्य सडक,फोटोमा हेर्नुहोस् यसरी भयो उद्घाटन…!

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरको मुख्य सडकमा स्मार्ट बत्ती जडान गर्न सुरु गरेको छ ।नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरपालिकाले महानगरका मुख्य सडकमा बत्ती जडान गर्न लागेको हो । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार कुपण्डोलस्थित नबिल बैंक गाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा महानगरकी उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला तथा वडा अध्यक्षहरु तथा अन्य कर्मचारीको उपस्थिति थियो ।
ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो स्थानीय तह हो । महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको छ । प्रमुख महर्जनका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल  (इनार),पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिने बताए । 
उक्त  बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुनेछ । साथै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । ठेकेदार कम्पनीद्धारा महानगरपाकिाका प्राविधिक कर्मचारीाई ट्रेनिङको व्यवस्था समेत हुनेछ । यस परियोजनाको सम्झौता २०७६ भदौ २ गते भएको थियो । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुनेछ ।
यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी महानगरले जनाएको छ । काम सुरु भएको मितिले सो परियोजना एक महिनाभित्र सम्पन्न महानगरले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी