
- अर्थ सरोकार सम्बाददाता
कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा कार्कीविरुद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
विशेष उजुरीको आधारमा आयोगको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरी निरीक्षक कार्कीले कानुन व्यवसायी हिमालय बिक्रम विष्टमार्फत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबीको छ ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजार मागदाबीसहित आयोगले मुद्दा दायर गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्