×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

PRIME CA

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति ?

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ३९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा ९ जना महिला सहित ३० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पुष्टी भएकामध्ये अछाम मंगलसेनका २३ र ४२ वर्षका २ पुरुष, मेलौली बैतडीका २६ वर्षीया १ महिला, २६ र ४२ वर्षीया २ पुरुष, पुचौडी बैतडीका ८ महिनाकी बालिका, पाथीभरा बझाङ्गका २६ वर्षीया १ पुरुष रहेका छन् ।
शिखर डोटीका १९ वर्षीया १ पुरुष, केआईसिंह डोटीका ४० वर्षीया १ पुरुष, आदर्श डोटीका १९ वर्षीया १ महिला र २२, १५, ५०, १८, ३४, ३६, १८, २९, ३५ वर्षका ९ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले रातापाटीलाई जानकारी दिए । 
उनले कैलाली गोदावरीका ३०, २५ वर्षका २ महिला र ३०, ३८, २३, ७, ४०, ४७, ३०, २२ वर्षका ८ पुरुष, चुरे कैलालीका २१ वर्षीया १ महिला, ३४ वर्षीया १ पुरुष छन् । त्यसैगरी भीमदत्त कञ्चनपुरका ४७, २२, २२ वर्षीया ३ महिला, १७, २, ३५, ३० वर्षका ४ पुरुष र टिकापुर कैलालीका ५२ वर्षीया १ पुरुष रहेको उनले बताए । यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या तीन हजार नाघेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: