- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८२ पुगेको छ । आइतबार १७ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या हजार ८२ पुगेको हो । सबैभन्दा बढी कैलालीमा छन् । कैलालीमा १ हजार ७५ जना संक्रमित रहेका छन् ।
यस्तै अछाममा ६५१ संक्रमित रहेका छन् भने दार्चुलामा सबैभन्दा कम संक्रमित २० जना रहेका छन् । बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४९, डडेलधुरामा २९५, डोटीमा ६०५ र कञ्चनपुरमा ५१३ जना संक्रमित रहेका छन् । संक्रमित ४ हजार ८२ मध्ये हालसम्म २ हजार ७५१ जना संक्रमणमुक्त भइ डिस्चार्ज भइसकेका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।