×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको संख्या ४ हजार नजिक, कुल जिल्लामा कति संक्रमित ? (विवरणसहित)

PRIME CA

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको संख्या ४ हजार नजिक, कुल जिल्लामा कति संक्रमित ? (विवरणसहित)

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा कूल सङ्क्रमितको संख्या तीन हजार ७१७ पुगेको छ । बुधबार थप ६७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टी भएसंगै यो संख्या झन्डै ४ हजर नजिक रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्की बताए । उनले बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटी जिल्लाका गरी थप ६७ जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको जानकारी दिए ।
कैलालीमा सबैभन्दा बढी ९८६ सङ्क्रमित छन् । बुधबारसम्म कञ्चनपुरमा ४४०, डोटीमा ५३३, डडेलधुरामा २६९, बाजुरामा ४४४, बैतडीमा २९७, बझाङमा १४३, अछाममा ५८७ र दार्चुलामा १८ सङ्क्रमित पुगेका छन् । बुधबार मात्रै अछामबाट ५५ डिस्चार्ज भई घर फर्किएका छन् । यो समेत गरेर प्रदेशमा हालसम्म ९९३ डिस्चार्ज भई घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: