Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा उपमेयरकै गाडीमा आगजनी !

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा गएराती अज्ञात समुहले आगजनी गरेका हुन् । 
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी घरको कम्पाउन्ड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा रातीको समयमा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । 
आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ । आगलागी कस्ले ग¥यो भन्ने विषयमा केही पत्ता नलागेको भट्टले बताउनुभयो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK