×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लवको पार्टीद्वारा ६ गते बन्दको घोषणा, हेर्नुहोस् कारण गम्भीर छ !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरेपछि सेती-महाकाली ब्युरोले साउन ६ गते सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । विप्लवले आफ्ना नेता तथा कार्यकर्ता लाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै ६ गते सुदूरपश्चिम बन्दको घोषणा गरेको हो ।
विप्लवले कोरोना भाइरस (कोभिड १९) र बाढी, पहिरो लगाएतका समस्याका बारेमा रचनात्मक ढंगले काम कारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक ढंगबाट आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाएको छ । यसरी गरेको उक्त कार्यप्रति आपत्ति जानाउँदै आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको ब्यूरोका कार्यालय सचिव छविलालले बताए । बिहिबार विज्ञप्ति जारी गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले साउन ६ गते सुदूरपश्चिम बन्दको घोषणा गरेको हो । 
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं सेती-महाकाली ब्युरोका इन्चार्ज ओमप्रकाश पुन तथा महिला नेतृ पूर्णीमा धामीलाई बुधबार अपमानजनक ढंगबाट झुटा मुद्धा लगाएर गिरफ्तार गरी हिरासतमा राखेको भन्दै संघर्ष घोषणा गरेको नेकपाले जनाएको छ । ब्यूरोले बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमा आफ्ना नेताकार्यकर्ता लाई झुटा मुद्धा बनाएर हिरासतमा लिइएको घटनाप्रति भत्र्सना गरिएको छ ।
नेकपाका सेती-महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्ति अनुसार घोषित संघर्षका कार्यक्रमहरुमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् । आफुहरुले नचाहँदानचाहँदै पनि सरकारको रबैयाका कारण यस किसिमको कदल चाल्नुपरेको जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: