×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA

बुधबार सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ?

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुदूरपश्चिममा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो ।
देशका विभिन्न अस्पतारमा रहेका कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । 
प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका ८, कञ्चनपुरका ७, बझाङका चार, बैतडी २ र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै दुई जनामा र धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको  प्रवक्ता गौतमले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालका अनुसार एक महिला र ८ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै डोटीको बोगटानका एक जना, आदर्शका दुई जना, दिपायलका एकजना महिला, कञ्चनपुरको बेलौरीका दुईजना र पुनर्वासका ३ जनामा कोरोना पुष्टि भएको अस्पतालको सुचना अधिकारी दिलिप कुमार श्रोष्ठले जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा २०७ जनाको नमुना परिक्षण गरिएको जानकारी दिए । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: