×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या कति पुग्यो ? (विवरणसहित)

Artha Sarokar

१० श्रावण २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी
  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । शनिबार सुदूरपश्चिममा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले आज थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जना, धनगढी प्रयोगशाला र पाटन अस्पतालमा भएको परीक्षणमा एकरएक जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका चार र बैतडीका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप दुई जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताउनुभएको छ । 
यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  १ जनामा मात्रै कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा गरिएको तीन सय ६० जनाको कोरोना परीक्षणमा १ जनामा मात्रै कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएका १७ वर्षीय पुरुष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का रहेको श्रेष्ठले बताउनुभयो । 
आज २४ जना संक्रमित थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय नौँ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी