
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा भारतिय रुपैँया चल्न छानडेपछि भारतबाट नेपाल भित्रिएका नगरिकहरुमा खैलाबैला मच्चिएको छ । कोरोना संक्रमणका बीच भारतका विभिन्न शहरमा पुगेका नेपाली मजदुरहरु धमाधम नेपाल भित्रिएका थिए । संक्राणको जोखिमका कारण बैंकिङ्ग कारोबार बन्दा हुँदा र सिमामा सटही नहुँदा भारतिय पाँच सयदेखि दुई हजारसम्मका नोटकै गड्डी बोकेरै नेपाल प्रवेश गरेका नगरिकहरु अहिले भारतिय रुपैँया (भारु) नचल्दा समस्यमा परेका छन् ।
“आउँदा बैंक बन्द भयो, हातमै पैसा बोकेर आयौँ अहिले भारतिय रुपैँया नचल्दा बडो मर्का परेको छ”, लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरीले भने, “घर व्यवहार चलाउन पनि गाह्रो भएको छ ।” त्यस्तै स्थानीय बजारमा व्यापारीहरुले भारु नोटको कारोबार गर्न नमान्दा आर्थिक कारोबारबाटै वञ्चित भएको भारतबाट तीन महिनाअघि घर फर्किएका कैलालीका श्याम देब शर्माले बताएका छन् ।
वर्षभरि मजदुरी गरेर ल्याएको डेढ लाख बढी भारु सटही गर्न नपाएपछि घरमै थन्काएर राख्नुपरेको गुनासो स्थानियले गर्न थालेका छन् । देशैभरी आर्थिक मन्दी भईरहेका बेला र यस्तो परिस्थितिमा धेरै मात्रामा भारतिय रुपैँयाको कारेबार गर्न पनि मुस्किल छ । यता व्यापारीको गुनासो भने अलि भिन्नै छ । भारतबाट कहिलेकाँही छिटफुट रुपमा नेपालीहरु घर आउँदा पनि रक्सिपसलमा भ्याई नभ्याई हुन्थ्यो तर अहिले लाखौँको संख्यामा नेपाली भित्रिदापनि व्यापार शुन्य भएको एक व्यापारीले बताएका छन् । उनले भने, “कोरोनाका कारण सुकाएको व्यापार भारतिय नोटको सटहि नहुँदा झन समस्या भएको छ, पसलमा कोही आउँदा पनि भारतिय दुई हजारका नोट लिएर आउँछन् भारु चल्दैन भनेपटि फर्केर जान्छन् ।”
यसरी लकडाउन अवधिमा भारतबाट भित्रिएका भारतिय रुपैँया (भारु) बजारमा नबिक्दा नागरिकका साथै सुदूरपश्चिमका मदिरा व्यवसायीहरुपनि समस्यामा परेका छन् । सुदूरपश्चिममा मात्रै यसरी नेपाल भित्रिएका नेपाली मजदुरको संख्या लाखौँ र भारतिय रुपैँया करोडौँ हुँदा समस्या देखिएको छ । सुदूरपश्चिम प्रदेशमा यस किसिमको समस्या प्राय सबै जिल्लाहरुमा भएको पाइन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्