×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा थप ८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिममा थप ८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ? (विवरणसहित)

३ श्रावण २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली
  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । शनिबार सुदूरपश्चिममा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज थपिएका संक्रमितमध्ये कैलालीका ७ जना र कञ्चनपुरको १ जना रहेका छन् ।
कैलालीका संक्रमितमध्ये धनगढी उप–महानगरपालिका वडा नम्वर १८ का ४५ र ४८ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २२ बर्षीय पुरुष रहेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का १९ र २४ बर्षीय महिला, वडा नम्वर १५ का २४ र २८ बर्षीय महिला र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ की ३१ बर्षीय महिलामा कोरोना पुष्टि भएको श्रेष्ठले बताउनुभयो । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुइ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ । 
यससंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय चार पुगेको छ । ७० पुरुष र ३४ महिला गरी एक सय चार जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ की ३५ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार १७ पुगेको छ । संक्रमण पुष्टि भएका एक हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । 
No photo description available.
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: