
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिममा भोलीदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । कोरोना महामारीका कारण देशव्यापी रुपमा गरिएको लकडाउनको अन्त्य भएसँगै सुदूरपश्चिममा श्रावण ७ गते (भोली) देखि यातायात सञ्चालन हुने भएका हुन् । आफुहरुको मागको सम्बोधन भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलवार संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेको थियो । त्यसलगत्तै सुदूरपश्चिममा पनि सार्वजनिक यातायात सञ्चालन गर्न थालिएको सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि. कार्यालयका प्रमुख देवि लाल जोशीले बताउनुभयो ।
यातायात सञ्चालन गर्दा सुरक्षा मापदण्ड अपनाएर मात्रै यातायात सञ्चालन गर्न समेत अनुरोध गरिएको छ । यातायात व्यवस्था विभागसँग ५०र५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएको महासंघले जनाएको छ ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सुदूरपश्चिमका अधिकासं व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्