Skip to content
LAXMI SUNRISE BANK

‘बोर्ड बैठक सकिएको हो, विवाद होइन, मिडियामा मिल्यो भन्ने सहमति छ, जनकले छाड्नुपर्छ भन्ने लाइन क्लियर छ…’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकको विवाद मिल्यो भनेर मिडियामा सकारात्मक सन्देश दिएर जनक शर्मा पौड्याललाई बोर्डमा पेलिरहने र राजिनामा स्वीकृत गराउन अध्यक्षलाई दबाब दिइरहने संचालकहरुको रणनीति अनुसार बिहिबारको बोर्ड बैठकलाई ‘टसल-ब्रेक’ बैठकका रुपमा संचालकहरुले लिएका छन् । 
‘मचाहिं यो झमेलामा पर्दिन भन्दै विज्ञ संचालकले राजिनामा दिनुभएको छ । आफैंले उठाएको विषयलाई किनारा नलगाई भाग्ने संचालक र पफ़र्मेन्स गतिलो नहुने सीइओबीच खास अन्तर देखिएन ।’ बोर्डका संचालकले भने, ‘विवाद सकिएको होइन, सनराइजमा जनक शर्मा पौड्याल सीइओ हुन्जेल विवाद सकिंदैन पनि । तर हामी रणनीति परिवर्तन गरेर अगाडी बढीरहेका छौं । स्पष्ट कुरो के हो भने मिडियामा विवाद मिल्यो भनेर केहि दिन साम्य हुने र त्यसपछि सीइओको राजिनामा स्वीकृत गर्ने हाम्रो लाइन छ । यसरी कुरा उठाएर ‘टाई-टाई-फिस’ भयो भने त हाम्रो के इज्जत रह्यो र ?’      
‘सीइओले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो छैन । यति विवाद आइसकेपछि उहाँ फेरी बैंकमा बस्नु भनेको ‘केजातिले के जाति गरेको’ भनेको जस्तै भयो । 
भनेको विवादचाहिं के भयो ? ‘विवाद राजिनामा स्वीकृत गर्नुपर्छ भन्ने कुरामा अडिग छ । केहि दिन साम्य भएपछी सीइओको राजिनामा स्वीकृत भनेर अर्थ सरोकारले ब्रेकिङ न्युज पाउनेछ, अहिलेलाई यति बुझ्नुस् न !’ उनले भने।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK