
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जनक शर्मा पौड्याल सनराइज बैंकमा नरहने निश्चित भएपछी उनीसँगै वा उनकै पहलमा सनराइज बैंक प्रवेश गरेकाहरुको जागिर पनि धरापमा परेको छ । सीइओ पौड्यालसँगै उनले बैंक भित्र्याएका व्यक्तिहरुमा पनि समस्या रहेको आन्तरिक निष्कर्षसहित बोर्डमा कुरा उठेपछि उनीहरुको जागिर धरापमा परेको हो । उनले आफुलाई काम गर्न सहज हुने भन्दै विशेषगरी ग्लोबल आइएमइ बैंकबाट केहि उच्च अधिकारीहरु भित्र्याएका थिए । तर सीइओ पौड्यालको कार्यक्षमतामाथि नै प्रश्न उठेपछि अव उनले बैंक ल्याएका उच्च अधिकारीहरुको पनि खास काम गराईको अर्थ नभएको निष्कर्षमा लगभग बैंक बोर्ड पुगिसकेको छ ।
अन्य डेपुटी सीइओ हुँदा हुँदै सीइओ पौडेलकै पहलमा ग्लोबल आइएमइ बैंकबाट आरती राणा सनराइज भित्रिएकी थिइन् । उनलाई नै काम गर्न सहज होस् भनेर ग्लोबल आइएमइ बैंक कसरी छोडौं भनेर जागिर खोजिरहेका अरु केहि कर्मचारीहरु पनि पौड्यालकै पहलमा सनराइज भित्रिएका थिए । पौड्यालकै अघि पछी लागेर करियर बनाउँछु भनेर भ्रम पाल्नेहरुदेखि साच्चै राम्रो काम गर्नेहरुसम्म पनि एउटै ‘घान’मा पर्दा अव केहिको करियरमा दाग लाग्ने देखिएको छ । यसले एकातर्फ जो कोहि पनि व्यक्ति केन्द्रित होइन संस्था केन्द्रित हुनुपर्छ भन्ने पाठ एकातर्फ सिकाएको छ भने अर्कोतर्फ लामो समयदेखि विभिन्न बैंकहरुमा हुँदै आएको व्यक्तिकेन्द्रित नियुक्तिमाथि पनि प्रश्न उठाएको छ ।
राम्रो काम गर्नेहरु पनि मारमा !
यसो त सनराइजका सीइओ र बोर्डबीचको टसलले सनराइजभित्र केहि राम्रो काम गर्नेहरु पनि मर्कामा परेका छन् । ग्लोबल आइएमइ बैंकमा सार्है राम्रो काम गरेर राम्रो छवि बनाएकी आरती राणा सनराइज आएसँगै विवादित छिन् । कोरोनाका संकटका बेला लकडाउन उल्लङ्घन गर्दा झन्डै सजायको भागेदार बनेकी उनी सीइओ पौड्यालकै कार्यशैलीका कारण बोर्डका केहि संचालकहरुको बैंकबाट निकालिनुपर्ने लिष्टमा परेको चर्चा बैंकभित्र सुरु भइसकेको छ । ‘हामीले पौड्यालजीमाथि खुब विश्वास गरेका थियौं । उहाँका प्रतिबद्धताहरु पनि मिठा थिए । तर सब झुठा रहेछन् भन्ने प्रमाणित भयो । उहाँले मलाई काम गर्न केहि मेरा नजिकका मान्छेहरु ल्याउनुपर्यो भनेर आरतीजीहरु ल्याउनुभएको थियो । हामीले पनि उहाँलाई काम गर्न सजिलो हुँदा राम्रै हुन्छ भन्ने ठानेका थियौं । तर प्रतिबद्धताहरु पूरा नभएपछि अव उहाँमात्र होइन उहाँकै बलले बैंक आउनुभएकाहरु पनि सनराइजमा रहनुको कुनै औचित्य छैन ।’ एक संचालकले अर्थ सरोकार डटकमसँग भने, ‘माउ नै ठिक भएनन्, चेलाहरुसँग आश छैन…’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्