
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराईज बैंकभित्रको विवादले नयाँ मोड लिएको छ । सीइओको राजिनामा मागेको भन्दै उनलाई केहि उच्च तहबाट धम्की आएपछि उनी राजिनमा दिने मुडमा पुगेका हुन् । यहि कुरा थाहा पाएर बैंकका अध्यक्ष दुगडले समेत उनको राजिनामा माग गरेका थिए ।
जोशी सनराइज बैंकमा गाभिएको नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत थिए भने मर्ज भएपछि उनी विज्ञ सञ्चालक भएका थिए ।
संचालकहरुमध्ये अलि डराउने खालका व्यक्ति उनी नै भएकाले पहिला उनलाई गलाउन सके अरुलाई च्याप्न सक्ने रणनीतिका साथ उनलाई कम्पनी सचिव इश्वर कुमार पाठकलाई राजिनामा माग गरिएको हो ।
अध्यक्ष दुगडले बुधबार ३ बजे सञ्चालक समितिको बैठक राखेका छन् । बैठकमा राजिनामा दिने कि लाजै पचाएर बैंकमा बसिरहने भन्ने विषयमा सीइओ पौड्याल आन्तरिक परामर्शमा छन् ।
यता अन्य संचलाक भने पूरानै अडानमा छन् । उनीहरु कुनै हालतमा सीइओको राजिनामा स्वीकृत हुनुपर्ने अडानमा छन् । यसो नभए बहुमतले पौड्याललाई बर्खास्त गर्नुपर्ने कुरामासमेत उनीहरु अडानमै छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्