×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘सनराइज बैंक इज मिसिङ यु रत्न सर…’

  • पाठकपत्र
पछिल्लो समय सनराइज बैंकका सीइओ र बोर्डको ‘टसल’, फगत बोर्डमामात्र सिमित भएको छैन, बैंकमा काम गर्ने अधिकांस बैंकरका चिया गफको विषय हुने बन्दै गएको छ । ‘मेरो गोरुको बार्है टक्का’ शैलीमा बोर्ड र सीइओ दुवै ‘पावर’को प्रदर्शनमा लागेपछि अहिले सनराइज बैंकमा काम भन्दा बढी सीइओ र संचालकबीचको टसलको गफ हुन थालेको छ। सनराइज बैंकमा मात्र होइन अन्य बैंकका साथीहरुबीच पनि यो बाहेक गफको विषय कम छन् । केहि दिनयता सनराइजमा काम गर्ने माहोल छैन । बैंकमा त काम गर्ने माहोल छैन न, घरमा वा साथीभाइबीच पनि बैंकमा के भएको हो ? भनेर सोधेरै हैरान पारिसकेको स्थिति छ ।
कसरी आयो त यस्तो विवाद ? कुरा प्रष्ट छ- जनक शर्मा पौडेलले बैंकमा ‘व्यवस्थापन’ गर्न सकेनन् । गफ दिएजस्तो काम गर्न सकेनन् । संचालकलाई मिलाएर लैजान सकेनन् । सुन्दा नमिठो लागेपनि यथार्थ यहि हो सीइओ पौडेलले आफु निकटका केहिलाई च्यापेर बैंकमा तिनैको रवाफ चल्न थाल्यो । कर्जाको विषयमा राम्रालाई भन्दा बढी हाम्रालाई प्राथमिकता दिन थालियो । सीइओले कतिसम्म भने वा गरे, त्यो माथिको कुरा भयो, तलतलसम्म कर्मचारीहरुहरुमा ‘हाम्रा सीइओ त अर्थमन्त्रीका मान्छे हुन्’ भन्ने पर्यो । के ठिक छ भन्दा पनि बैंकमा जनक सरले के भन्नुभयो, त्यहि हुनुपर्छ भनेजसरी काम हुन थाल्यो । जनक शर्मा आएपछि बैंकभित्रको आन्तरिक अनुशासनमाथि केहि सिमित व्यक्तिहरुले धावा बोलेको महसुस नै हुन थाल्यो ।
यसो त यसअघि पनि को सीइओ भएर आउने हो भन्ने विषयले सनराइज बैंक विवादमा तानिएको थियो । बैंकभित्रको आन्तरिक विवाद छताछुल्ल हुँदा निरज श्रेष्ठले हाजिर नै नगरी बैंकबाट राजिनामा दिनुपर्यो । अहिलेको विवाद पनि नेपाल राष्ट्र बैंकसँगै अधिकांस मिडियामा पुगिसकेको छ । मिडियाबाट आम पाठक, दर्शक र स्रोतासम्म पुगेको छ, जसका कारण सनराइजलाई हेर्ने दृष्टिकोण नकारात्मकमात्र होइन, सुध्रनै नसक्नेगरी विग्रने हो कि भन्ने चिन्तासम्म पुगेको छ ।
कसैले मानुन्, नमानुन्, समस्या बोर्डमा कम सीइओमा बढी छ । तर व्यवस्थापन सीइओको कमजोर छ । शैलेन्द्र गुरागाईंसहितका बोर्ड संचालक समितिका सदस्यहरु निहुँमात्र खोज्छन् भन्ने चर्चा र सीइओको कमजोरीको चर्चालाई विश्लेषण गर्ने हो भने एउटा गम्भीर प्रश्न उठ्छ, समस्या शैलेन्द्र गुरागाईंमा नै हो भने रत्नराज बज्राचार्य बैंकको सीइओ हुँदा यस्ता विवाद किन आएनन् बाहिर ? यदी संचालक समितिमा समस्या थियो भने त पहिला पनि त समस्या हुनुपर्थ्यो । तर होइन, संचालकभन्दा बढी समस्या सीइओको व्यवस्थापनमा रहेकाले अहिलेको समस्या निम्तिएको कुरामा कुनै शंका छैन । जनक शर्मा पौड्यालको विगत हेर्दा पनि थाहा हुन्छ, ग्लोबल आइएमइ बैंकमा उनी काम गर्नै नसकेर घुमाउरो पारामा निकालिएका थिए ।
अहिले सनराइजमा एउटा चर्चा खुब छ, रत्नराज बज्राचार्य मिस हुनुभयो । तिनै संचालकलाई झेलेर एउटा पनि विवाद ननिकाली उहाँले कार्यकाल पूरा गरेर जानुभयो । त्यसअघि पनि उहाँले ग्लोबल आइएमइ बैंक, जहाँ यिनै जनक शर्मा टिकेका थिएनन्, त्यहाँ पनि टिकेर आफ्नो कार्यक्षमता देखाउनुपर्यो । त्यसभन्दा अघि पनि सार्है गाह्रो भनिएका संचालकहरुलाई झेलेर उनले एनसीसी बैंकमा पनि ‘गुड मेनेजर’ हुनुको तथ्य स्पष्ट पार्नुभयो । जव सनराइजबाट रत्नराज सर बाहिरिनुभयो, तव न संचालकलाई मिलाउन सक्ने सामर्थ्य राख्ने सीइओ आए, न व्यवस्थापन गर्न सक्ने नेतृत्व । जनक शर्मा पौड्यालको अघिपछी लागेर जागिर पचाउन पल्किएका ‘इन्द्र’हरुदेखि जनक शर्मालाई नै सहयोग गर्न भनेर बसेकाजसरी काम गर्ने उच्च नेतृत्वले बैंकलाई समाधान दिएन, बरु उनीहरु मात्र जनक शर्माका ‘हसबहादुर’ भइरहे । 
यि सबैकुरा देखिरहेका सनराइजका कर्मचारीहरु अहिले भनिरहेका छन्, ‘सनराइज इज मिसिङ यु रत्न सर’
(पाठक सनराइज बैंकका कर्मचारी हुन् । उनकै आग्रहमा उनको नाम उल्लेख गरिएको छैन।-सम्पादक)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: