
- अर्थ सरोकार सम्बाददाता
धरान । प्रदेश नं १ मा थप १४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई सङ्क्रमित निको भै घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
प्रदेशबाट अहिलेसम्म निको हुनेको सङ्ख्या ५४१ पुगेको छ । बिहीबार मात्रै उक्त प्रदेशमा दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एकरएक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्