
- अर्थ सरोकार सम्बाददाता
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घूस रकमसहित आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले बिहीबार लेखा अधिकृत पोखरेललाई ६५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए । होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको आयोग इटहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्