![](https://arthasarokar.com/wp-content/uploads/2020/07/2-467.jpg)
त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताउनुभयो । “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन”, निर्देशक डा खड्काले भन्नुभयो, “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ ।”
यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसीआर परीक्षणमा सुर्खेतका १४, दैलेखमा तीन, सल्यानका दुई, जुम्ला र अछाममा एक/एक व्यक्तिमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनरायण तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै, चौरजहारी नगरपालिका पिसीआर प्रयोगशाला रुकुमपश्चिमा गरिएको पिसीआर परीक्षणमा सल्यानका तीनसहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । महाशाखा प्रमुख डा तिवारीका अनुसार बुधबार २४ जना थपिएसँगै अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या एक हजार ७१४ पुगेको छ । -रासस