×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश अस्पताल सुर्खेतका थप ४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

प्रदेश अस्पताल सुर्खेतका थप ४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टी !

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकसहित थप ४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालमा कार्यरत दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना विशेष अस्पतालमा दुई हप्ते ड्युटी सकेर १४ दिन क्वारेनटाइनमा बसेका दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एक जना वरिष्ठ अहेवमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनले संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते दुई जना चिकित्सक सहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।
उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए । यसैबीच, बुधबार कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: