×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतमा नियम मिच्ने हजार बढी सवारीसाधन कारवाहीमा, साढे ६ लाख राजश्व संकलन !

PRIME CA
GLOBAL IME BANK

सुर्खेतमा नियम मिच्ने हजार बढी सवारीसाधन कारवाहीमा, साढे ६ लाख राजश्व संकलन !

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । सुर्खेतमा एक हजार ६३ सवारी साधन कारवाहीमा परेका छन् । बन्दाबन्दी अवधिभर कारवाहीमा परेका सवारी साधनमा ८०६ मोटरसाइकल, ३४ स्कुटर, २२ जीप भ्यान, १६ ट्रयाक्टर, १७२ अटो र १३ ट्रक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्ती मगरले बताए ।
कारवाहीमा परेका सवारी साधनबाट छ लाख ६२ हजार राजश्व संकलन भएको छ । यस्तै सो अवधिमा बन्दाबन्दी उल्लङ्घन गर्ने व्यक्तिलाई पनि प्रहरीले कारवाही गरेको छ । प्रहरीले ३२२ महिला र ६२४ पुरुष गरी ९४६ व्यक्तिलाई कारवाही गरेको हो । 
प्रनाउ मगरका अनुसार सरकारले लागु गरेको नियम विपरीत मास्क नलगाउने र हिँड्डुल गर्नेलाई कारवाही गर्दा २४ हजार राजश्व संकलन भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: