×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तले साउन १०मा डाक्यो विशेष साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

स्वरोजगार लघुवित्तले साउन १०मा डाक्यो विशेष साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विशेष सधारणसभा साउन १० गते बोलाएको छ । संस्थाको विशेष साधारणसभा सि.डब्ल्यु, रेस्र्टाे क्याफे, कमलादी, काठमाडौंमा विहान ११ बजेबाट सुरु हुने भएको छ । 
उक्त सभामा जनकपुर लघुवित्त वित्तीय संस्थालाई एक्विजिशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ। यस्तै, एक्वायर भएपछि १००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ । 
सभा प्रयोजनका लागि स्वारोजगारले साउन ४ गते बुक क्लोज गर्दैछ । हाल स्वारोजगारको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । यता, जनकपुर लघुवित्तको जनकपुर उपमहानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी