- अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । स्याङ्जाका १८ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका ९८ जना प्रहरीको गत साउन ७ र ८ गते कोरोना परीक्षणका लिइएको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा लगिएको थियो । जसमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । अन्यको रिपोर्ट आउँन बाँकी छ । यसअघि जिल्ला प्रहरी कार्यालयका दुई जना हवल्दार र एक जना सिपाहीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।