
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले तीन लाख ३८ हजार ३४५ बरामद गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका दुई घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य, रामेछाप दोरम्बा गाउँपालिका तीन घर भई हाल काठमाडौँ सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठ, ओखलढुङ्गा खिजीकाती गाउँपालिका–९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीयको आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ घर भएका ४७ वर्षीयको दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर रहेका छन् ।
यस्तै काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौँ ठूलो भ¥याङ बस्ने २८ वर्षीय नारायण थापा मगर पक्राउ परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्