×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोलिमर नोट प्रकरणमा पूर्व गभर्नरसहित ३ जनालाई सफाइ !

PRIME CA

पोलिमर नोट प्रकरणमा पूर्व गभर्नरसहित ३ जनालाई सफाइ !

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पोलिमर नोट छपाइ घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जना आरोपीले सफाई पाएका छन् । विशेष अदालतले मंगलबार फैसला गर्दै उनीहरुलाई सफाई दिएको हो । अदालतले शान्ति सिंह थापा र शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेतीको इजलासले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको हो । 

रावलसँगै राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे पनि सफाइ पाएका छन् । १० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । लामो समयपछि अन्तत उनीहरुले सफाई पाएका छन्। 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: