×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, कमायो १९ करोड ६८ लाख ९ हजार रुपैयाँ !

PRIME CA

तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, कमायो १९ करोड ६८ लाख ९ हजार रुपैयाँ !

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्म आउँदा नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिमा बैंकले खुद नाफा ३८२.८९% ले बढाएर १९ करोड ६८ लाख ९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ४ करोड ७ लाख ५६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस्तै बैंकले दुई महत्वपूर्ण सूचक खुद ब्याज आम्दानी र  सञ्चालन नाफा पनि बढाएको छ । खुद ब्याज आम्दानी १९९.६६% ले बढेको छ भने सञ्चालन नाफा १२४.७६% ले बढेको छ । अघिल्लो वर्ष तिनाउले १२ करोड ४५ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 
असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६९ पैसाले बढेर १० रुपैयाँ ८५ पैसा पुगेको छ । जुन अघिल्लो वर्ष ७ रुपैयाँ १६ पैसा थियो । यस्तै बैंकले असार मसान्तसम्ममा १६ अर्ब ५ करोड ५७ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । १२ अर्ब ३३ करोड २३ लाख ८९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ४२ लाख १८ हजार रुपैयाँ छ । तिनाउ मिसनले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर गत मंसिर २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । एकीकृत कारोबारपछि वित्तीय सूचकहरुमा सुधार भएको देखिन्छ । प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: