×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भारी वर्षाका कारण देशभरका अधिकांश ठाउँ डुबानमा, १७ तस्विरमा हेर्नुहोस् कहाँ कति क्षति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : भारी वर्षाका कारण देशभरका अधिकांश ठाउँ डुबानमा, १७ तस्विरमा हेर्नुहोस् कहाँ कति क्षति पुग्यो ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले देशभर लगातारको वर्षाका कारण डुबानमा परेका स्थानका दृश्यको फोटो समाचार समेटेका छौं । 

हेरौं फोटो समाचार :
म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका–७  मङ्गलाघाटस्थित प्रहरी बिट । 
अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढ्दा देखिएको दृश्य । पोखरा महानगरपालिका–१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ । यसले गर्दा आसपासका बस्ती जोखिममा परेको छ ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको  बाढीले क्षति पु¥याएको  पुल  ।
अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढ्दा देखिएको दृश्य । पोखरा महानगरपालिका–१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ । यसले गर्दा आसपासका बस्ती जोखिममा परेको छ । 
अविरल वर्षा कारण जोखिम बढेको भन्दै विपद् प्रतिकार्यका लागि प्यूठान नगरपालिका– ४ विजुवारस्थित झिमरुक नदीमा डेमो गर्दै सशस्त्र प्रहरी र नेपाली सेना । संयुक्त फौजले नदीमा बाढी र पहिरोले बगाइरहेका र अप्ठ्यारोमा अड्किरहेका नागरिकको उद्धार कसरी गर्ने भन्ने विषयमा अभ्यास गरेको छ ।
पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ ।
पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी( ४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।
अविरल वर्षासँगै नारायणी नदीको बहाव बढेपछि नदी किनारमा माछा मार्दै स्थानीय बासिन्दा ।   
अविरल बर्षासँगै नारायणी नदीमा आएको बाढीको दृश्य । 
अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने पुल । 
लमजुङको क्व्होलासोथर गाउँपालिका– ७ स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको छ । 
जाजरकोट बारेकाट गाउँपालिका–४ सार्कीगाउँमा पहिराले दुई घर बगाउँदा बेपत्ता १२ जनाको खोजी कार्य गर्दै स्थानीयवासी ।
लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी । बाढीका कारण नदी आसपासका बस्तीहरु उच्च जोखिममा रहेका छन् । 
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर पानीट्याङ्की सडक ।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण पोखरा महानगरपालिका– ३३ मा घर तथा बस्तीमा पानी पसेपछि भेल नियन्त्रणको प्रयास गरिँदै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: