×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : देशभर बाढीपहिरोले मच्यायो बितण्डा, हेर्नुहोस् कहाँ-कहाँ कति क्षति भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : देशभर बाढीपहिरोले मच्यायो बितण्डा, हेर्नुहोस् कहाँ-कहाँ कति क्षति भयो ?

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?  यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले देशभर गएको बाढीपहिरोको दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
गए रातिदेखि लगातारको वर्षाले कान्द्रा नदीमा आएको बाढीले प्रभावितको उद्धार गर्दै सशस्त्र प्रहरी । वर्षाले कैलालीको पूर्र्वी क्षेत्र टीकापुर, भजनी, जोशीपुर, जानकीनगर र कैलारी गाउँपालिका जलमग्न भएका छन् । 
गए रातिदेखि परेको लगातारको वर्षाले डुबानमा परेको कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोक । 
अविरल वर्षाका कारण लमजुङको बेंसीशहर -चामे सडकखण्डको बेलाउती बिसायनी खरखरेमा पहिरोे खसेर सडक अवरुद्ध भएपछि  जोखिम मोलेर मनाङतर्फ यात्रा गर्दै यात्रु । 
राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र रहेको वडा नं ५ को थली क्षेत्रका भित्री सडक पोखरीमा परिणत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको तीन वर्ष बित्दासमेत सडकको अवस्थामा सुधार आएको छैन ।
धनगढी उपमहानगरपालिकाका– ३ मिलनचोकमा वर्षाका कारण डुबानमा परेको बस्ती । गए रातिदेखिको लगातारको वर्षाका कारण मिलनचोकका अधिकांश क्षेत्र डुबानमा परेपछि स्थानीय जनप्रतिनिधिको पहलमा निकास गर्ने कार्य भइरहेको छ । 
पाल्पा रामपुर नगरपालिका–५, बेझाड बजार क्षेत्रका पसल बुधबार अनुगमन गर्दै  नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यसहितका टोली । 
तनहुँको सदरमुकाम दमौलीस्थित नवनिर्मित कारागार भवन । कारागार परिसरमा निर्माण (पानीको टयाङ्की रहेको भवन) नवनिर्मित कारागार भवन हो । अन्य दुई कार्यालय भवन र सुरक्षा ब्यारेक हो । उक्त तीन वटा भवन भ्याट बाहेक छ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो । 
पृथ्वीराजमार्ग अन्तर्गत पोखराको लामे आहालमा सडकमै बगेको खोला । सडक छेउको  नालाबाट पानी आएपछि  यात्रुलाई सास्ती भएको छ ।
फेवाताल किनारमा माछा मार्नेको घुइँचो । ‘कोभिड– १९’ को कारण पर्यटकीय गतिविधि नभएकाले यस क्षेत्रमा हरेक दिन गैरकानुनीरूपमा माछा मार्नेको घुइँचो हुने गर्दछ ।
गए रातिदेखिको अविरल वर्षापछि जलमग्न भएको टीकापुर । जमला नदीमा पानीको सहत बढेपछि नदी बस्तीमा पस्दा टीकापुर जलमग्न भएको छ । लगातारको वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । 
गए रातिदेखिको अविरल वर्षापछि जलमग्न भएको टीकापुर । जमला नदीमा पानीको सहत बढेपछि नदी बस्तीमा पस्दा टीकापुर जलमग्न भएको छ । लगातारको वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
कैलालीको भजनीमा बाढी पसेपछि स्थानीयवासीको महत्वपूर्ण कागजपत्र र सामग्री बचाउ गर्दै स्थानीय युवा । अविरल वर्षाका कारण भजनी नगरपालिकाका सबै वडा डुबानमा परेकाले सयौं परिवार विस्थापित छन् ।
दाङको विकट क्षेत्रका रुपमा रहेको दंगीशरण गाउँपालिका वडा न। २ गोल्टाकुरीमा सञ्चालित स्वास्थ्यचौकी । यहाँ स्वास्थ्यचौकी स्थापना भएपछि नागरिकलाई उपचार गर्न सहज भएको छ ।
पहिरो गएको ठाउँमा पर्खाल लगाउन लैजान टयाक्टरमा ढुङ्गा राख्दै दिपायल, मौवा मेल्लेक सडकमा काम गर्ने श्रमिक ।
मुुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा बुधबार कोरोना भाइरस परीक्षणका  लागि स्वाब दिन लामबद्ध भएर बसेका कर्मचारी  ।
मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा बुधबार कोरोना भाइरस परीक्षणका लागि कर्मचारीको स्वाब लिँदै स्वास्थ्यकर्मी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: