Skip to content
LAXMI SUNRISE BANK

देशभर बाढीको बितण्डा, १२ तस्विरमा हेर्नुहोस् सरकारले वेवास्ता गरेका नागरिकका पीडा…!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा पनि हामीले देशभर गएको बाढीपहिरोको दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लगातारको वर्षाका कारण पानीको सतह बढ्दै गएको धनगढीको मोहना नदी ।
वर्षाका कारण धनगढीको कृष्णनगर टोलका स्थानीय व्यक्तिका घरभित्र पसेको पानी । मङ्गलबारदेखिको वर्षाले यहाँका दर्जनौँभन्दा बढी घर तथा पसलमा पानी पसेर स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमामा पर्ने मोहना नदीमा बिहीबार आएको बाढीमा बगेर आएको दाउरा जोखिम मोलेर सङ्कलन गर्दै स्थानीय व्यक्ति ।
मनाङ ङिस्याङ गाउँपालिका–४ भ्राकाका दुई वृद्धवृद्धालाई उच्च रक्तचाप  भएकाले  उद्धार गरी काठामाडौँ लगिँदै ।  बाढीपहिरोले  सडक अवरुद्ध भएपछि  हेली चार्टर गर्न मानिस बाध्य छन्।  एक पटक हेलीचार्टर गर्दा रु दुई लाखदेखि दुई लाख ५० हजार  लाग्छ । भ्राकाबाट बिरामी लिएर उडेको  हेली  खराब मौसम कारण चामेमा अवतरण गरिएको र मौसम सामान्य भएपछि काठमाडाँै उडेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगर भएर बग्ने सुकुटी खोलामा माछा मार्दै स्थानीय थारू महिला । 
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगर भएर बग्ने सुकुटी खोलामा माछा मार्दै स्थानीय थारू महिला । 
राष्ट्रिय गौरबको आयोजनामध्येको एक कालिगण्डकी करिडोर सडकको बागलुङ खण्डअन्तर्गत कालाखोला बगरमा गएको पहिरोले अवरुद्ध सडक । 
बागलुङ नगरपालिका–१० भकुण्डेमा पहिरो खसेर अवरुद्ध भएको सडक । 
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा भासिएको सडक मर्मत गरिँदै । असार २९ गते परेको वर्षापछि उक्त सडक भासिएको छ । 
निरन्तर पानी पर्दा भेरी नदीमा पानीको बहाव बढ्दै जाँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारस्थित रहेको झोलोङ्गे पुल पानीको नजिक पुग्यो ।
बर्दिया जिल्लामा जलमग्न भएसँगै कर्णाली र बबई नदीमा पानीको सतह बढेसँगै राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा ५०० घर डुबानमा । 
बर्दिया जिल्लामा जलमग्न भएसँगै कर्णाली र बबई नदीमा पानीको सतह बढेसँगै राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा ५०० घर डुबानमा। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK