×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोखाका ३ स्थानीयसहित ४ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टोखाका ३ स्थानीयसहित ४ जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टोखा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट एक-एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।
ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको छ । एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति थिए भने तीनजना हरियाली बस्तीकै बासिन्दा हुन् ।
ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो।
यसैबीच काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २०० वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी