×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन अन्त्य भएसंगै टुटलले नियमित सेवा सुरु गर्यो

LAXMI SUNRISE BANK

लकडाउन अन्त्य भएसंगै टुटलले नियमित सेवा सुरु गर्यो

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटलले नियमित सेवा थालेको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीका संस्थापक शिक्षित भट्टले जानकारी दिए ।
उनकाअनुसार टुटलले नयाँ प्लेटर्फममार्फत सेवा दिँदैछ । केही समयभित्रै ट्याक्सीमार्फत पनि टुटल सेवा लिन सकिने भट्टले जानकारी दिए । पठाओले नियमित सेवा सुरु नगरेपनि निश्चित राइडरमार्फत सतर्कतासहितको सेवा थालनी गरेको छ । पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई सेवा दिइरहेको भन्दै लकडाउन खुलेको सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि नियमित सेवामा जाने बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी