
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन क्षेत्रबाहेकका सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामि सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् । ‘टुरिजम अम्ब्रेला एसोसिएसन’ले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रलाई तत्काल खोल्न नचाहेको बताउँदै विस्तारै खोल्ने नीति नलिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

अच्युत गुरागाईं, अध्यक्ष, नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल एजेन्स
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष अच्युत गुरागाईले पर्यटन क्षेत्रलाई विस्तारै खोल्दै जाने नीति नलिए आगामी सातादेखि चरणवद्ध आन्दोलनमा जाने बताउनुभयो ।

क्याप्टेन रामेश्वर थापा, अध्यक्ष, एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपाल
एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले स्वास्थ्य सुरक्षाको सावधानीका उपायहरु अपनाएर आन्तरिक र बाह्य उडानलाई खोल्नुपर्ने बताउनुभयो ।

विनायक शाह, उपाध्यक्ष, होटल संघ नेपाल
होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले एशिया प्रसान्त क्षेत्रका धेरै देशहरुले पर्यटन क्षेत्रलाई खोलिसकेको अवस्थामा नेपालले नखोले पछाडि पर्ने बताउनुभयो । उहाँले कोभिड १९समस्या तुरुन्तै समाधान नहुने भएकाले कोभिड सँगै जीउने गरी पर्यटन क्षेत्रलाई खोल्नुपर्ने बताउनुभयो ।
व्यवसायीहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले सन २०२० अगष्ट १ देखि आन्तरिक हवाई उडान र अगष्ट १५ देखि अन्तराष्ट्रिय उडान नियमित तालिका अनुसार सुचारु गर्न माग गरेका छन् । त्यस्तै पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिन र पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सुचारु गर्न माग गरेका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्