×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारले समस्या सम्बोधन नगरे टाउकोमा कफन बाँधेर सडकमा उत्रिन्छौं’ : यातायात मजदुर (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘सरकारले समस्या सम्बोधन नगरे टाउकोमा कफन बाँधेर सडकमा उत्रिन्छौं’ : यातायात मजदुर (भिडियो रिपोर्ट)

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । यातायात क्षेत्रका मजदुरहरुको समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका छन् । लक डाउन भएको १ सय ७ दिन वितिसक्दा पनि यातायात मजदुरहरुका समस्या सरकारले नसुनेको भन्दै यस्तो चेतावनी दिएका हुन् । 
दीपक केसी वरिष्ठ उपाध्यक्ष, अखिल नेपाल मजदुर संघ
विकास तथा प्रविधिसमितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी सञ्चालन भइरहेपनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुदा समस्या भएको बताउनुभयो । संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उहाँले बताउनुभयो । आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, विमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
भीमज्वाला राई अध्यक्ष, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले नीजि क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको उल्लेख गर्दै १ सय ७ दिनसम्म लक डाउन हुँदा घरमा चुलो नै बल्न नसकेको बताउनुभयो । विगतमा २, ३ दिन मात्रै काम नपाउँदा पनि ठूलो समस्या पर्ने गरेको स्मरण गर्दै उहाँले १ सय ७ दिनसम्म कसरी, के गरेर, के खाएर बस्यौँ होला भन्दै प्रश्न गर्नुपर्यो । पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेकाले यातायात मजदुर, व्यवसायीहरु सडकमा टाउकोमा कफन बाँधेर उत्रिने दिन आउने चेतावनी दिनुभयो ।
धर्म भण्डारी अध्यक्ष, नेपाल यातायात मजदुर संघ
नेपाल यातायात मजदुर संघ अध्यक्ष धर्म भण्डारीले कुनै पनि यातायात श्रमिकलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्ने समयअवधिसम्म उसको घर खर्चको व्यवस्थान गर्नुपर्ने बताउनुभयो । कोरोना बिमा नगरी गाडी लिएर अहिले सडकमा आउन सक्ने अवस्था नभएको उहाँको भनाई छ ।
उमेशराज श्रेष्ठ अध्यक्ष, नेपाल विद्युतिय परिवहन संघ
नेपाल विद्युतिय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठले संघ मातहतका सफा टेम्पु संचालन नहुँदा व्यवसायी, स्वरोजगार, मजदुर लगायत आश्रित व्यक्ति र तिनका परिवारको जीवन निर्वाहमा समस्या भएपछि सडक आन्दोलन गर्ने अवस्थामा पुगेको बताउनुभयो । विद्युतिय सवारी लामो समय थन्किदा ब्याट्रि समेत विग्रिएको अवस्थामा लक डाउन अवधिको ब्याजदरमा विशेष छुट दिँदै पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चैत ११ गतेबाट लक डाउन सुरु भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात क्षेत्र, दैनिक ज्यालादारी गर्ने मजदुरहरु बढी समस्यामा परेका छन् । यद्यपी उद्योग प्रतिष्ठानहरुले पनि कर्मचारी कटौती गरिरहहेका छन् । लक डाउनको १ सय ७ दिन वित्दा समेत सरकारले नागरिकका लागिकुनै राहतका कार्यक्रम ल्याउन सकेको छैन् । पछिल्लो समय सरकार शक्ति संघर्षमा जुध्दा कोरोना संक्रमण, रोकथाम र यसबाट परेको असरबारे बेखवर जस्तै छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: