×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि इन्जिनियरिङतर्फको स्नातकोत्तर र स्नातक तहको परीक्षा भदौ ७ र १५ गतेदेखि हुने (सूचनासहित)

LAXMI SUNRISE BANK

त्रिवि इन्जिनियरिङतर्फको स्नातकोत्तर र स्नातक तहको परीक्षा भदौ ७ र १५ गतेदेखि हुने (सूचनासहित)

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्थगित भएका परीक्षा भदौ ७ गतेबाट गर्ने निर्णय गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले एक सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा आगामी भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा आगामी भदौ १५ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
परीक्षा सम्बन्धी विस्तृत विवरण आगामी साउन १५ गतेसम्म प्रकाशित गरिने सूचनामार्फत जानकारी दिएको छ । यस्तै स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै परीक्षा सञ्चालन गरिने डीनको कार्यालयले जनाएको छ ।त्रिभुवन विश्वविद्यायले स्थगित भएका अन्य संकायका परीक्षाहरु पनि भदौभित्र सञ्चालन गर्ने र परीक्षा सञ्चालन कार्यातालिका केही दिनमै सार्वजनिक गर्ने जनाएको छ ।
सरकारले मंगलबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेसंगै भदौ १ गतेदेखि विद्यालयमा भर्ना तथा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी