×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तुलसीपुर उपमहानगरपालिका अब ‘क्यासलेस’, सेवाग्राहीलाई सहज !

PRIME CA
GLOBAL IME BANK

तुलसीपुर उपमहानगरपालिका अब ‘क्यासलेस’, सेवाग्राहीलाई सहज !

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहीन अर्थात् क्यासलेस बनाइएको छ । आर्थिक सुशासन र बैंकिङ प्रणालीप्रति अभ्यस्त बनाउन उपमहानगरपालिकामा मेगा बैंकको काउन्टर स्थापना भएपछि आजबाट नगदविहीन बनाइएको हो । अब उपमहानगरपालिकालाई तिर्नुपर्ने पैसा सेवाग्राहीले अनिवार्यरुपमा बैंकमा जम्मा गर्नुपर्नेछ । 
काउन्टर राख्न इच्छुक बैंकबाट आवेदन लिएर बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले बताए । गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र बैंकसँगको प्रक्रियामा भएको ढिलाइका कारण यस वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको बैंकको व्यवस्थापक राजन भण्डारीले बताए ।
काउन्टरको शुभारम्भ गर्दै उपमहानगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस बनाउने लक्ष्य पूरा भएकामा खुशी व्यक्त गरे । उनले अनौपचारिक कारोवारलाई रोक्नका लागि बैंकिङ प्रणालीको ठूलो महत्व हुने र हरेक नागरिकलाई बैंकिङ प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोवार वृद्धि हुने उनको भनाइ थियो । उपमहानगरपालिकाले आफ्नो हरेक भुक्तानी अनलाइनबाट गर्ने गरी काम अगाडि बढाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: